काठमाडौँ, जेठ २१ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेता लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन नेपालगन्ज पुग्नुभएको छ ।
पश्चिम नेपालमा पार्टीको अधिवेशन सम्पन्न गराउन नेता नेपालगन्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।
अधिवेशन समारोहको प्रमुख वक्ता अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सिपी सिंह लगायतका केन्द्रीय नेतृत्व नेपालगन्ज प्रस्थान गरेको हो ।
अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि सङ्गठनको आगामी योजना एवं कार्यदिशा तय गर्ने छ ।