• २३ जेठ २०८२, शुक्रबार

आदर्श कप फुटबल : चिल्ड्रेन र आदर्श च्याम्पियन

blog

दोस्रो आदर्श कप विजेता खेलाडी । तस्बिर : गोरखापत्र

रामकृष्ण बोहरा

बागलुङ, जेठ २१ गते । दोस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ र छात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब विजेता बनेका छन् । 

बाङेचौर खेलमैदानमा सम्पन्न छात्रतर्फको फाइनल खेलमा आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब ‘निलो’लाई १–० गोल र छात्रातर्फ न्यु ओयसिस एकेडेमीलाई ट्राइबेकरमा २–१ गोलले पराजित गर्दै आयोजक आदर्श विद्यामन्दिरले दोस्रो संस्करणको आदर्श कपको उपाधि जितेका हुन् । 

छात्रतर्फको खेलमा चिल्ड्रेनका रिदिस क्षत्रीले दोस्रो हाफको ४ औँ मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । रिदिसले फिकिकमार्फत सुन्दर गोल गरेका थिए ।

चिल्ड्रेन लाईफले ७५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता आदर्श विद्यामन्दिरले ३७ हजार ५ सय रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

छात्रतर्फ आदर्श विद्यामन्दिरका सुझाव बानियाँ सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित हुँदा चिल्ड्रेन लाईफका क्यारोन पुन उत्कृष्ट गोलरक्षक, प्रतिक थापा उत्कृष्ट मिडफिल्डर, विशाल थापा उत्कृष्ट स्ट्राइकर र निशान बुढा उदयमान खेलाडी र आदर्श विद्यामन्दिरका युकेन खत्री उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो । 

यस्तै, छात्रातर्फको खेल खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा आदर्शका कट्रिना रोका र स्मृती शेरचनले गोल गर्दा जियाना दिन मियाँ, मोनिता पुन र यमन दिन मियाँ गोल गर्न असफल हुनुभयो ।

न्यू ओयसिसका लागि आयुषा आलेले गोल गर्दा स्मारिका श्रेष्ठ, रस्मी थापा, ममता क्षेत्री र प्राप्ती अर्याल गोल गर्दा असफल हुनुभयो । 

छात्रा तर्फको च्याम्पियन आदर्श विद्यामन्दिरले ३० हजार रुपियाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता न्यू ओयसिसले १५ हजार रुपियाँ प्राप्त गरेको छ ।

छात्रातर्फ आदर्शकी यमन दिन मियाँ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा आदर्शकै सन्ध्या थापा उत्कृष्ट गोलरक्षक, जियाना दिन मियाँ उत्कृष्ट मिडफिल्डर, आरजु सुवेदी उदयमान खेलाडी र न्यू ओयसिसकी आयुषा आले उत्कृष्ट डिफेन्डर र प्राप्ती अर्याल उत्कृष्ट स्ट्राइकर घोषित हुनयभो ।