काठमाडौँ, जेठ ८ गते । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यामा राखी विदेश नपठाई सम्पर्क विहीन हुनेलाई प्रहरीले पक्राउ गरेको हो ।
ठगी गर्नेहरूमा तनहुँ भानु नपा ८ स्थायी घर भई हाल काठमाण्डौं तार्केश्वर नपा ४ बस्ने वर्ष ४३ को विकाश गुरुङले अजरबैजान पठाउने भन्दै दुई जनाबाट पाँच लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै गरी सिन्धुली कमलामाई नपा १२ स्थायी घर भई हाल काठमार्डौ ३२ बस्ने वर्ष ३६ को रञ्जना अधिकारीले जापान पठाउने भन्दै तीन लाख ठगी गरेको जनाएको छ ।
ताप्लेजुङ पाथीभरा याङ्वरक गापा १ स्थायी घर भई हाल काठमाडौँ ३१ बस्ने वर्ष ४० को यादव प्रसाद घिमिरेले जापान पठाइ दिने भन्दै ५० हजार रुपियाँ ठगी गरेको कञ्चनपुर बेदकोट नपा ३ स्थायी घर भई हाल काठमाडौँ २ बस्ने वर्ष ५२ को लोकजन खड्काले थाइल्यान्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपियाँ ठगी गरेको उजुरी पछि प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।