• ८ जेठ २०८२, बिहिबार

विद्यालयलाई आर्थिक सहयोग

blog

म्याग्दी,  जेठ ८ गते ।  मालिका गाउँपालिका–१ छिसको एक परिवारका सदस्य स्थानीय सिद्ध आधारभूत विद्यालयलाई सामुहिक रुपमा आर्थिक सहयोग गरेका छन् । 

उदारमना ओमबहादुर फगामीको परिवारले प्रदान गरेको रु दुई लाख १९ हजारबाट विद्यालयमा कक्षा कोठा निर्माण गरिएको छ ।  व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो । कक्षा आठसम्म पढाइ हुने यो विद्यालयमा  एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । रासस