• ७ जेठ २०८१, सोमबार

धराप (कविता)

blog

कैलाशकुमार पाण्डे 

हरेक पाइलामा धराप छ जिन्दगीको

हरेक चुनौतीको सामना गर्नुपर्छ

जिन्दगीमा 

चुनौतीको सामना गर्नेले मात्र अवसर हात पार्छ

यहाँ  खुट्टा तान्ने मात्र भेटिन्छन्

हात तान्ने कोही हुँदैनन् 

प्रतिस्पर्धा छ हरेक क्षेत्रमा 

गलाकाट प्रतिस्पर्धा 

प्रतिस्पर्धी समाप्त पारी बिजेता बन्ने

निषेधको नियम लाग्छ

जति बेला पनि विस्फोट हुन सक्छन् एम्बुसहरू

बाटोभरि बिछ्याइएका छन् बारुदी सुरुङहरू

जीवन सरल तथा सहज रहेनछ

धरापबाट जोगाएर बाच्नु पर्ने

धरापमा छ ।