शालिग्राम नेपाल
चितवन, जेठ ७ गते । चितवनको इच्छाकामना गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका वडा नंं १ भराङमा चट्याङ पर्दा ५१ वर्षीय वीरबहादुर चेपाङको मृत्यु भएको छ । चट्याङ पर्दा उहाँको छोरा घाइते हुनु भएको छ । बुधबार दिउँसो २ः३० बजे चट्याङ गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी परिचालन भएकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।