• २३ असार २०८१, आइतबार

यूएई विश्वकपमा छनोट

blog

विश्वकपमा छनोट भएपछि यूएई टोली । तस्बिर : आईसीसी

काठमाडौं, जेठ २६ गते । युनाइटेड अरव इमिरेट्स (यूएई) आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । मलेसिायमा भएको एसिया छनोटको अन्तिम खेलमा बिहीबार थाइल्यान्डलाई ६ विकेटले हराउँदै यूएईले विश्वकपमा स्थान बनाएको हो ।

नेपाल भने छनोट खेलमा तेस्रो बन्दै बाहिरिएको छ । बिहीबार नै भएको अन्तिम खेलमा नेपालले आयोजम मलेसियालाई २५ रनले हराएको थियो । थाइल्याण्डले दिएको ८५ रनको विजय लक्ष्य यूएईले १७.१ बलमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।

पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा आठ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । छनोट खेलमा अपराजित यूएईले पाँच खेलबाट १० अंक बनायो । आठ अंक बनाएको थाइल्यान्ड दोस्रो भयो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतारले भाग लिएका थिए ।

समूहको शीर्ष टोली यूएईले आगमी बर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला विश्वकपमा स्थान बनाएको हो । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।