• ६ जेठ २०८१, आइतबार

भरतपुर महानगरको कार्यपालिका निर्वाचनमा पाँच दलीय गठबन्धन विजयी

blog

भरतपुर माहानगर कार्यपालिका सदस्यमा गठबन्धन निर्वाचित प्रतिनिधिहरु फोटो - शालिग्राम नेपाल ।

शालिग्राम नेपाल 

चितवन, जेठ २४ गते । भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित हुनुभएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका आठै जना निर्वाचित हुनुभएको हो ।

निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)का कोपिला उपरकोटी –९२) मत प्राप्त गरी विजयी हुनुभएको छ । 

महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)का विना नेपाली (८६) निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

एमाले–राप्रपा गठबन्धनबाट तीन जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ पाँच सदस्यमा उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।