• १२ असार २०८१, बुधबार

बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते

blog

बाँकेको शमसेरगञ्जमा अनियन्त्रित भएर पल्टिएको यात्रुवाहक बस । तस्विर : सिराज खान

नेपालगञ्ज, जेठ २४ गते । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको सम्शेरगञ्जमा यात्रुबाहक बस अनियन्त्रित भै पल्टिएर दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । 

काठमाडौंबाट दैलेख जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बस बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै मङ्गलवार बिहान एक्कासि अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परेर ११ यात्रु सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

घाइतेहरुलाई तत्कालै नेपाली सेनाले प्राथमिक उपचार गरेपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । 

 उहाँले दुर्घटनापश्चात् नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरु उद्धारमा खटिएको जनाउँदै घाइतेहरुको उपचार कोहलपुरमा भैरहेको जनाउनुभयो । 

सोमबार बेलुका ६ बजे काठमाडौँदेखि दैलेखका लागि छुटेको उक्त बस मङ्गलबार बिहान ७ बजेको समयमा दुर्घटना भएको शम्शेरगञ्ज प्रहरी पोष्टका इन्चार्ज टेकबहादुर केसीले बताउनुभयो । 

Author

सिराज खान