काठमाडौं, जेठ २४ गते । लामो समयदेखि काठमाडौं उपत्यका सहितका मुख्यमुख्य सहरमा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । बेलाबेलामा फोहोर व्यवस्थापन नहुँदा सहर कुरुप बन्नुका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष-अपत्यक्ष रुपमा गम्भीर असर पर्ने गरेको छ । फोहोर संकलन र व्यवस्थापन माथि सरोकारपक्षले गम्भिर रुपमा नलिदाँ मानसिक र शारीरिक समस्या निम्त्याउने जोखिम समेत उत्तिकै रुपमा बड्दै गएको छ ।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले फोहोरको उचित व्यवस्थापन नहुँदा फोहोरबाट निस्किएको दुर्गन्धले सङ्क्रमणजन्य रोग फैलने जोखिम उच्च रहने बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी, प्रि–मनसुन र मनसुनमा झाडापखाला, हैजा, मलेलिया डेंगु, हेपाटाइटिस 'ए' र 'ई' चिकनगुनिया, कालाजार, टाइफाइड, दादुरा, आउँलगायतका सङ्क्रमणजन्य रोग फैलने गर्दछ, फोहोर उचित व्यवस्थापन नहुँदा फोहोरबाट निस्किएको दुर्गन्धले सङ्क्रमणजन्य रोग फैलने जोखिम उच्च हुन्छ ।”
फोहोरको उचित व्यवस्थापन गर्ने बेला राम्रोसँग थैलोमा बाँधेर सकेसम्म घरमा नै राख्ने । चोकचोमा फोहोर फाल्नु भन्दा कुहिने फोहोरलाई गाड्ने व्यवस्था गर्ने । फोहोर लिन आएपछि मात्र फोहोर घर वाहिर निकाल्न चिकित्सकको सुझाव
फोहोरलाई काग, मुसा, कुकुरले बोकेर घर वरपर पुर्याउएर छर्ने हुँदा बाटो,सडक घर वरिपरि कुरुप हुनुका साथै समाजमा ब्याक्टेरियाले सङ्क्रमणजन्य रोगको जोखिम बढाउन मद्दत गर्ने उहाँले भन्नुभयो ।
मानसिक समस्या बढुन सक्छः डा बराल
जनस्वास्थ्य विज्ञ डा केदारप्रसाद बरालले लामो समयसम्म फोहोरको व्यवस्थापन हुन नसक्दा फोहोर कुहिएर हावामा प्रदूषित हुनुे हुँदा शारीरिक साथै मानसिक समस्या पनि बढ्दै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “फोहोरको गन्धले मानिसहरुमा मानसिक समस्याहरु जस्तै काम गर्न मन नलाग्ने, दिग्दारीपना आउने, अल्छी लाग्ने, नराम्रो लाग्ने, दिनभर उराठ लाग्नेजस्ता मानसिक समस्या देखिन्छन् ।” त्यसका, अलावा ठेउला, एलर्जीलगायतका छालाका समस्या आउने चिकित्सक बताउँछन् ।
कुहिएको फोहोरमा झिँगा र अन्य किराहरुको वृद्धि र विकास छिटो हुने हुँदा झिँगाले खानालाई दुषित बनाउने र त्यस्तो खाना खादा झाडापखाला, वान्ता हुने, हैजा फैलने सक्ने डा बरालको चेतावनी छ । त्यसका साथै फोहोर कुहिएर ठाउँठाउँमा पानी जम्मा हुने हुँदा त्यस्ता ठाउँमा लामखुट्टे झनै बढ्छन् ।
किटजन्य रोग बढ्नेः डा. दाहाल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको किटजन्य रोग नियन्त्रण शाखाका डा Þगोकर्ण दाहालले फोहोर फालेको ठाउँमा मानिस ओहोर दोहोर गर्दा त्यहाँ लामाखुट्टेले टोक्न सक्छ ।
त्यसबाट किटजन्य रोगहरु डेंगु, मलेरिया, जिका भाइरस जस्ता समस्या फैलने जोखिम बढ्ने डा. दाहालको भनाइ छ । त्यसका अलाव मनसुन सुरु भइसकेकाले फोहोर थुप्रने र वर्षा भइरहेको समयमा पानीसँगै बगेर विभिन्न खोलानालामा मिसिएर दुर्गन्ध फैलिन्छ ।
पानी पर्दा फोहोरको पानी बगेर पानीको मुहानमा मिसिएमा त्यस्तो पानी पिएमा झाडापखाला, जन्डिस, ज्वरो आउने, हैजा, फुड पोइजन, हेपाटाइटीस ए र ई, आउँ रगत, टाइफाइड जस्ता अन्य सरुवा रोगको प्रकोप पनि फैलने जोखिम बढेर जाने हुँदा पानी पिउँदा सचेत सहन डा पुनको सुझाव छ ।
रोगबाट बच्ने उपाय
फोहोर व्यवस्थापन गर्ने निकायहरुले समयमा नै फोहोर व्यवस्थापन गर्ने र फोहोर व्यवस्थापनको योजना दीर्घकालीन बनाउनु पर्नेमा डा बरालले जोड छ ।
उहाँले बताउनहुन्छ, “वर्षाको समयमा मात्रै होइन अन्य समयमा पनि फोहोरको उचित व्यवस्थापन समयमै नहुँदा रोग लाग्ने जोखिम बढ्ने भएकोले रोगबाट बच्न फोहोरको समयमै उचित व्यवस्थापन गर्न आवश्यक छ ।”
त्यसका अलावा यो मौसममा रोगहरूबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा मास्क लगाउने, सकेसम्म सार्वजनिक स्थलमा नखाने, खानै परेमा बासी खानेकुराहरु नखाने र खाना बनाउँदा, खाना खानु भन्दा अगाडि, बाहिर गएर आउँदा साबुन पानीले राम्रोसँग हात धुने बानी बसाल्नु पर्छ ।
खानेकुरा राम्रोसँग पकाएर मात्रै खाने, काँचो खाने कुरालाई राम्रोसँग पखालेर मात्रै खाने । त्यस्तै, पिउने पानी उमालेर वा शुद्धीकरण गरेर पिउने, गर्दा सङ्क्रमणजन्य रोगबाट बच्न सकिने डा पुनको भनाइ छ ।
फोहोरको उचित व्यवस्थापन गर्ने बेला राम्रोसँग थैलोमा बाँधेर सकेसम्म घरमा नै राख्ने । चोकचोमा फोहोर फाल्नु भन्दा कुहिने फोहोरलाई गाड्ने व्यवस्था गर्ने । फोहोर लिन आएपछि मात्र फोहोर घर वाहिर निकाल्न चिकित्सकको सुझाव छ ।
सार्वजनिक स्थलमा भएको फोहोरलाई बेलाबेलामा फोहोरको दुर्गन्ध नफैलियोस् भनेर सङ्क्रमणरहति बनाउने गर्दा सङ्क्रमण जन्य रोगबाट बच्न सकिने सरुवारोग विशेषज्ञ डा जनक कोइरालाको सुझाव छ ।