• ३ असार २०८१, सोमबार

शिवगङ्गा नदीमा डुबेर मृत्यु

blog

फाइल तस्विर

अविनाश चौधरी

धनगढी, जेठ २३ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका –१ का अन्दाजी ३६ वर्षीय विष्णुबहादुर पुनमगरको नदीमा डुबेर ज्यान गएको हो । मृतकको मानसिक अवस्था ठीक नरहेको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । 

नदीमा डुबेर मान्छेको ज्यान गएको भनेर स्थानीय वडा अध्यक्षले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको जोशीले बताउनुभयो ।