• ८ पुस २०८१, सोमबार

दुर्घटनामा एकको मृत्यु

blog

हेटौंडा, जेठ २० गते ।   पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ। 

शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो।

एकदिन अघि पनि सोही ठाउँ नजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो। 

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस