• १७ चैत २०८१, आइतबार

चलचित्र चलाउन प्रचार

blog

काठमाडौँ, चैत १४ गते । चैत १५ गते देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘डोरी’ ले प्रचारप्रसारका लागि नयाँ नयाँ तरिका निकालेको छ । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्रका अभिनेता वीरेन्द्रसिंह कुशवाहा अनौठो भेषमा काठमाडौँका विभिन्न स्थानमा देखा पर्नुभएको छ । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई देखेर सर्वसाधारणले अचम्म माने । धेरैले उहाँको तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । 

चलचित्रको प्रचार रणनीति अन्तर्गत गरिएको यो गतिविधिले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ । निर्देशक अरुण लामाले चलचित्रको कथावस्तु अनुसार चलचित्रको प्रचार दर्शकसम्म पुर्‍याउनका लागि यस्तो विधि अपनाइएको बताउनुभयो । यसअघि सार्वजनिक ट्रेलरमा वीरेन्द्रलाई यही गेटअपमा देखाइएको छ । 

आफैँ प्रमुख भूमिकामा देखिँदै आएका अरुणले चलचित्र लेखनको काम पनि गर्नुभएको छ ।  चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङदेल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आलेलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता दिनेश भट्टराई र कार्यकारी निर्माता राज थापा रहनुभएको छ । चलचित्रमा राजु तामाङको द्वन्द्व, राजनराज सिवाकोटीको सङ्गीत, सौरभ लामाको छायाङ्कन, रोशन दिवानाको कला मिलन श्रेष्ठको सम्पादक र रेनीश फागोको रङ संयोजन रहेको छ ।