• १३ असोज २०८१, आइतबार

थप १९ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, जेठ २० गते । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ५२८ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, एक हजार ७७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा नौजना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १११ छन् ।