• १ चैत २०८१, शुक्रबार

साहित्यकार क्षेत्रीको निधन

blog

काठमाडौँ, चैत १ गते । चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । क्षेत्रीको ९२ वर्षको उमेरमा उहाँको गए राती १० बजे आफ्नै निवासमा निधन भएको  परिवार श्रोतले जनाएको छ । 

मार्च १, १९३३ मा भारतको आसाममा जन्मनु भएका क्षेत्री कथाकार, निबन्धकार र उपन्यासकार समेतले उहाँ परिचित हुनुहुन्छ । जगदम्बा श्री नेपाल , पदम श्री भारत, साहित्य एकेडेमी पुरस्कार भारतबाट समेत उहाँ पुरस्कृत हुनु भएको थियो ।

बसाइँ उपन्यास, ब्रम्हापुत्रका छेउछाउ लगायतका दर्जनौँ कृत्तिहरू उहाँको अझै चर्चित छ ।