काठमाडौं, फागुन २३ गते । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद पौडेलले पाथीभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो ? भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।
केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उहाँको भनाइ छ । उहाँले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध गर्नुभयो । उहाँले सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
‘‘पाथीभरा केबलकार निर्माणसँग सम्बन्धित वार्ता कहाँ पुग्यो ? सरकारले रोजेको दमनको बाटो गलत थियो र छ समाननीय सभामुख महोदय । वार्ता सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न विशेष अनुरोध गर्न चाहन्छु ।,’’ सांसद पौडेलले भन्नुभयो, सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको र उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता भएको कुरामा हामी सबै स्पष्ट छौं । निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । चन्द्र ढकाल जस्ता व्यवसायीहरुलाई प्रोत्साहन गर्दै केबलकार निर्माणमा सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’
उहाँले विकास निर्माणको काममा निजी क्षेत्र र सरकारको सहकार्य र एकता जरुरी रहेको बताउनुभयो ।