• २९ वैशाख २०८१, शनिबार

बजेटले कृषिमा आयात बढाउने नीति लिएको छ : कांग्रेस सांसद डा. रिजाल

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १७ गते । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले बजेटले कृषिक्षेत्रमा आयात बढाउने नीति लिएको बताउनुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद रिजालले बजेटको मूल दिशा सही भएको बताउनुभएको हो ।

डा. रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा कायम रहेको बताउनुहुँदै यसको सामनाका लागि सबै गम्भीर छलफलमा आएर आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

‘‘बजेटले कृषिक्षेत्रमा आयात बढाउने नीति लिएको छ । कर्मचारीको तलब वृद्धि भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘उद्योगका क्षेत्रमा नवप्रवर्तनमा जोड दिइएको छ । उत्पादनमा नयाँ संरक्षणको खोजी र विदेशी लगानीका लागि नयाँ बाटो तय गरेको छ ।’’