• ३० वैशाख २०८१, आइतबार

मुलुकको व्यापार घाटा नौ महिनामा १३ अर्ब : सांसद पौडेल

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १७ गते । नेकपा (एमाले)का सांसद विष्णु पौडेलले मुलुकको व्यापार घाटा चुलिएको र नौ महिनामै १३ अर्ब नाघेको जानकारी दिनुभएको छ ।

अर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिनुहुँदै सांसद पौडेलले सो कुरा बताउनुभएको हो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएको पौडेलले मुलुकको आजको आर्थिक अवस्थालाई बेवास्ता गरेर भोलिको बजेट बन्न नसक्ने र आजको जगमा भोलिको बजेट बन्न सक्ने बताउनुभयो ।

‘‘विदेशी विनिमयमको सञ्चिति जोखिमको स्थितिमा छ । ६ दशमलव ६ महिनाभन्दा बढीको आयात धान्न नसक्ने अवस्थामा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘चालू खाता घाटा पाँच खर्ब १२ अर्ब अर्थात् कुल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा माथि पुगेको छ ।’’

त्यस्तै, उहाँले विद्युतीय सवारी साधनको प्रयोगलाई सरकारले निरुत्साहित गर्न खोजेको आरोप लगाउनुभएको छ ।

‘‘रक्सी चुरोट जस्ता चिजमा अन्तःशुल्कको प्रबन्ध गर्ने हाम्रो प्रचलन छ ।’’ उहाँले भन्नुभयो, ‘‘अब हामी विद्युतीय सवारी आयातमा पनि अन्तःशुल्क लगाउने भयौं । हामी विद्युतीय सवारी साधन प्रयोगलाई निरुत्साहित गर्नेछौं । यस्ता गलत निर्णय किन ?’’