काठमाडौं, जेठ १६ गते । पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५५३ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी, ८५८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ ।
हाल मुलुकमा सक्रिय सङ्क्रमित १०२ छन् । त्यस्तै, पछिल्लो २४ जनामा १३ हजार ८२९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।