• १३ साउन २०८१, आइतबार

आधारभूत पत्रकारिता प्रशिक्षण सुरु

blog

काठमाडौं, जेठ १६ गते । राष्ट्रिय नेवाः पत्रकार मञ्च (एनएफएनजे) काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाको सहकार्यमा १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १५औँ गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको तालिमको कामपाका पूर्व प्रवक्ता तथा नवनिर्वाचित वडा अध्यक्ष ईश्वरमान डङ्गोलले उद्घाटन गरेका हुन् ।

तालिमले सहभागीहरुलाई नागरिक पत्रकारिताको ज्ञानमा सशक्त बनाउन सहयोग पुग्ने डङ्गोलले बताउनुभयो । ‘‘यसले पारदर्शी र निष्पक्ष पत्रकारिता गर्न तालिम दिनेछ,’’ उहाँले भन्नुभयो, ‘‘कोही पनि सूचनाको हकबाट वञ्चित हुन नपरोस् र देशलाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ । उहाँले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।

कामपाका सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले देशको आधारभूत पत्रकारिताको बारेमा जनतालाई जानकारी गराउन यस्ता तालिम सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने बताए । एनएफएनजे काठमाडौं शाखाका अध्यक्ष अर्विन्द्रमान सिंहले सहभागी सबैलाई स्वागत गर्दै सही सूचना प्रवाहले राष्ट्रको मुहार फेर्न सक्ने बताए । तालिमको मुख्य उद्देश्य नागरिक तहमा आधारभूत पत्रकारिता गर्न सक्षम बनाउने रहेको बताए ।

असार ३० गतेसम्म चल्ने तालिममा ६० भन्दा बढी सहभागीले भाग लिनेछन् । यस तालिममा आधारभूत पत्रकारिता, फोटो पत्रकारिता तथा सिटिजन जर्नालिज्म, अनलाइन पत्रकारिता, मोटिभेसन पत्रकारिता, आचारसंहिता विषयहरुमा तालिम दिने जानकारी आयोजकले जानकारी दिनुभयो ।