• १३ साउन २०८१, आइतबार

नेपाल बार सङ्घीय संरचनामा जाने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १६ गते । नेपाल बार एसोसिएसनले सङ्घीय संरचनामा जाने निर्णय गरेको छ । बार केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले हालको एकीकृत संरचनालाई प्रदेश संरचनामा रूपान्तरणको निर्णय गरेको छ । हाल अस्थायी रूपमा प्रदेश बार एकाइ समन्वय समितिमा जाने निर्णय गरे पनि विधान संशोधन गरेर स्थायी संरचना बनाउने निर्णय पनि बैठकले गरेको छ । 

उपाध्यक्ष सुधीरकुमार कर्णले सैद्धान्तिक रूपमा सङ्घीय संरचनामा जाने निर्णय भएको बताउनुभयो । निर्णयअनुसार हाल प्रत्येक प्रदेशबाट निर्वाचित बार उपाध्यक्षले नै समन्वय समितिको संयोजकका रूपमा काम गर्नेछन् । उक्त समितिमा प्रदेशबाट निर्वाचित बारका केन्द्रीय सदस्य पनि रहनेछन् ।