• २८ फागुन २०८१, बुधबार

आगलागी र डढेलोबाट हुने जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री ओली

blog

प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइहेको वृद्धिलाई दृष्टिगत गरी सकेसम्म यस्ता घटना हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताउनुभयो। 

उहाँले भइहाले सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइरहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छ। हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगतभन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइरहेको वृद्धिलाई दृष्टिगत गरी सकेसम्म यस्ता घटना हुन नदिने र भइहालेमा सोको नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइएको छ। नियोजितरूपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीसमेत गरिनेछ।’’

प्रधानमन्त्री ओलीले नियोजितरूपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो।