• ६ जेठ २०८१, आइतबार

बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री

blog

नारद कोहार
तौलिहवा, जेठ १४ गते ।
नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा बालगृहका असहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका २५ जना बालबालिकालाई कपि, ज्यामेट्रि बक्स, कलम लगायतको शैक्षिक सामाग्री वितरण गरेको प्रेस यूनियन कपिलबस्तु शाखाका सभापति गोपाल भण्डारीले बताउनुभयो । श्रमजिवी पेसागत पत्रकारहरुको हकहित संरक्षणका लागि आवाज उठाउँदै आइरहेको प्रजातान्त्रिक पत्रकारहरुको साझा संस्था युनियनले स्थापना दिवसमा बालगृह बालबालिकाहरुसंग विगतदेखि नै विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको उहाँले बताउनुभयो ।

बाल संगठनका सचिव श्याम प्रजापतिले बालगृह धेरै बालबालिकाहरुको भविष्य निर्माण गर्ने थलो बनेकोले यसको विकासका लागि सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तौलिहवा उद्योग बाण्ज्यि संघका अध्यक्ष गयादिन कुर्मी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान ब्रजाचार्य, नेपाली कांग्रेसका नेता सोहरत तेली, बाल गृहका प्रमुख रामप्रसाद अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रम युनियनका सचिव मणिप्रसाद गैह्रेको संचालन र सभापति भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो  ।