अर्जुन काफ्ले
स्याङ्जा, माघ २३ गते । पुतली बजार नगरपालिकाले आइसिसी यू–१९ विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडीहरू सम्मान गरेको छ । पुतलीबजार नगरपालिकाले कार्यक्रमको आयोजना गरेर खेलाडीलाई सम्मान गरेको हो ।
खेलकुदमा राष्ट्रको, जिल्लाको सङ्गै पालिकाको इतिहास रच्दै विश्वकप खेलेका पुतलीबजार–१ का ज्योत्सनिका मरासिनी, पुतलीबजार–१३ का सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरूप जनही ३३,३३३ रुपियाँ सहित सम्मान पत्र र लोसल्ला ओडाएर सम्मान गरिएको हो ।
जिल्ला र पालिकाको गहना भएकाले तीनै जना महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
गत जनवरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा भएको आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुतलीबजारका तीनजना खेलाडीहरू सहभागी रहेका थिए ।