गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २० गते । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शनिबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरियो । काठमाडौँस्थित चिनियाँको तिब्बेतियन बुक सेन्टरको आयोजनामा सम्पन्न सो कार्यव्रmममा नेपाल–चीन द्विपक्षीय सम्बन्धबारे अन्तव्रिर्mयासमेत गरिएको थियो । साथै सोही अवसरमा चीनको स्वशासित क्षेत्र तिब्बतमा भएको पछिल्लो विकासक्रमलाई चित्रमा उतार्ने गरी एकदिने प्रदर्शनीसमेत आयोजना गरियो ।
कार्यक्रममा नेपाल–चीन सांस्कृतिक तथा शिक्षा परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धको आधारस्तम्भ खडा गर्न अरनिको र भृकुटीले महìवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यस्तै संस्कृतिविद् गणेशकुमार जिसीले अरनिको नेपालको मात्र नभई एसियाकै विभूति रहेको चर्चा गर्नुभयो । पत्रकार किरण गौतमले नेपालमा तिब्बती भाषामा पत्रिका प्रकाशन गरी दुवै मुलुकका जनतालाई जोड्न आफूले महìवपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । कार्यक्रममा चिनियाँ तथा नेपाली कलाकारले कला प्रस्तुत गर्नुभएको थियो ।