गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रीपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अघि कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताउनुभयो । उहाँले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेको समेत उहाँले बताउनुभयो ।
उहाँले मन्त्रीपरिषद्को बैठकपछि कुलमान घिसिङलाई हटाएको सम्बन्धी सञ्चारमाध्यममा गरेको गरेको कुराकानी भाइरल बनेको बताउँदै आफूले प्रश्न मात्रको व्यङ्ग्य गरेको बताउनुभयो । मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पु¥याउने मन्त्रीलाई आफूले चिनेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “क्याबिनेटको बैठक चलिरहेको छ, कुलमानलाई हटाउने निर्णय गरेको बैठक सकिनुभन्दा १८ मिनेट अघि आइसक्यो अनलाइनहरूमा । त्यहाँ मन्त्रीहरू र मुख्यसचिव बाहेक अरू कोही छैन । कसले भन्यो त त्यो ? मैले प्रधानमन्त्रीज्यूलाई प्रश्न गरें, कसले भन्यो ?”
मुख्य सचिवले भन्नुभयो, “कसैले त भन्यो । प्रवक्ता तल गएर माइकको अगाडि अभिनुभन्दाअघि नै समाचारमा आइसक्यो । प्रवक्ताले नभनी कसरी समाचार आयो ? अब यो क्याबिनेटमा मोबाइल लिएर आउन बन्द गर्नुप¥यो ।”
मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनैबेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्र मन्त्रि परिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । उहाँले आफू निजी विचार राख्न प्रवक्ता नभएको समेत बताउनुभयो ।