• १२ असार २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन १६ गतेबाट सुरु हुने

blog

भवानी ऐर

गोदावरी (कैलाली), जेठ १३ गते । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेश जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताउनुभयो ।

जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उहाँको भनाइ थियो । मन्त्रीपरिषद बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । 

मन्त्री रावलकाअनुसार आजको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ । 

यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले १५ औं गणतन्त्र दिवस भव्यताकासाथ ३ दिनसम्म मनाउने निर्णय गरेको मुख्यमन्त्री भट्टको स्वकीय सचिवालयले जनाएको छ ।

विगत केही वर्ष कोरोना संक्रमणका कारण बाजागाजासहितको ¥याली गरेर मनाउन नसकिएको दिवस यस वर्ष भव्यताकासाथ मनाइने मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमवहादुर कुँवरले बताउनुभयो ।