• १३ साउन २०८१, आइतबार

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

blog

दुर्घटनाग्रस्त बा २० च ६३२७ नम्बरको एम्बुलेन्स । फोटो सौजन्यः दिनेश थापा

सिन्धुपाल्चोक, जेठ १२ गते । एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।  बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बलेफी गाउँपालिका–७ बाट सञ्चालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियिन्त्रत भई सुनकोशी गाउँपालिका–७ दुई किलोकी खड्कालाई ठक्कर दिएको थियो । 

एम्बुलेन्स घरमा पसेपछि घरभित्र सुतिरहेकी खड्कालाई गम्भीर घाइते बनाएको र  उपचारका लागि अस्पताल लैजाने क्रममा खड्काको निधन भएको डिएसपी बस्नेतले जानकारी दिनुभयो । चालक रबिन्द्र कार्की फरार रहेको जनाएको छ । 

मृतक खड्काको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टेमका लागि लगिएको छ भने अस्पताल प्रशासनले पोष्टमार्टेममा बेवास्ता गरेको परिवारको आरोप छ । एम्बुलेन्स सञ्चालक सहकारी र पीडित पक्षबीच क्षतिपूर्तिका बारे सहमति हुने जनाइएको छ । 


Author

चित्र मिजार