• ५ जेठ २०८१, शनिबार

भेडेटारमा विद्युत महसुल काउन्टर सुरु

blog

धनकुटा, जेठ १२ गते । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा विद्युत महसुल सङ्कलन काउन्टर सुचारु गरेको छ ।

पालिकावासीहरुको सहजताका लागि भन्दै जनप्रतिनिधि निर्वाचित भएसँगै भेडेटारमा महसुल काउन्टर सुचारु गरिएको हो । अब भेडेटारबाटै प्रत्येक महिनाको ८ गतेदेखि १४ गते सम्म विद्युत महसुल सङ्कलन हुने केन्द्रले जनाएको छ । 

प्रत्येक महिनाको ८ गते देखि १४ गते बिहान साढे ९ देखि साढे ३ बजेसम्म काउन्टर सञ्चालनमा रहने जनाइएको छ । 


Author

कोकिला भण्डारी