• १३ साउन २०८१, आइतबार

नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साही

blog

काठमाडौँ, जेठ ११ गते । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रको धारणा : 


राम्रा छन् 

शेखर गोल्छा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ

सरकारका नीति तथा कार्यक्रम राम्रा छन् । रोजगारी सिर्जना, उत्पादन क्षेत्रमा लगानी बढाउने, औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । औद्योगिक नीति तथा कार्यक्रममा हामीले उठाएका धेरै कुरा सम्बोधन भएका छन् । औद्योगिक प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम आएका छन् जुन सकारात्मक छ । उत्पादन र निर्यातमूलक उद्योगलाई विद्युत् महसुलमा सहुलियतको कुराले व्यवसाय गर्न सघाउ पु¥याउँछ । उद्योग व्यवसाय विस्तार र लगानीमैत्री वातावरणका लागि नीतिगत सुधारका कुरा पनि आएका छन् । समग्र औद्योगिक विकासका लागि निजी क्षेत्रले दिएका सुझावलाई कार्यक्रममा समावेश गरिएको छ । स्थानीय उत्पादनलाई वृद्धि गरेर निर्यात प्रवद्र्धन गर्न जोड दिएको छ ।  


सकारात्मक 

कमलेश अग्रवाल

उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

नीति तथा कार्यक्रम महìवाकाङ्क्षी छ । निजी क्षेत्रले उठाएको कुरा र सरकारलाई दिएको सुझाव समावेश भएका छन् । औद्योगिक प्रवद्र्धन, लगानीमैत्री वातावरण, अहिलेको आर्थिक सङ्कट समाधान गर्ने कुरालाई नीतिगत रूपमा समेटिएको छ । औद्योगिक, वाणिज्य नीति, औद्योगिक पूर्वाधार निर्माणका विषय पनि समेटिएका छन् । सरकारले ऐन नियम कानुन बनाएर ल्याउने भन्ने कुरा पनि हुन्छ । हरेक क्षेत्रमा विकासका कुरा गरिएको छ । सबै सकारात्मक कुरा आएका छन् । कार्यक्रमहरू धेरै राम्रा आएका छन् तर यसको कार्यान्वयन पक्ष भने धेरै नै चुुनौतीपूर्ण छ । 


सुझाव समेटिए

उमेश सिंह

अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ

लघु, घरेलु तथा सानासहित ठूला उद्योग लक्षित नीति तथा कार्यक्रम आएका छन् । हामीले दिएको धेरै सुझाव कार्यक्रममा समावेश गरिएका छन् । यो सकारात्मक हो । रोजगारी सिर्जना, प्रविधि हस्तान्तरणका कार्यक्रम आएका छन् । परम्परागत सीपमा आधारित उद्योगलाई आधुनिकीकरण गर्नुपर्छ । बेरोजगारलाई रोजगारीका लागि स्टार्टअप तालिम दिनुपर्नेछ । चालू आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिइएको छ । कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई पुनस्र्थापनका लागि सम्बोधन गरिने भन्ने कुरा आएको छ । 

प्रस्तुति : लक्ष्मी सापकोटा