• १६ भदौ २०८१, आइतबार

वज्राचार्य र श्रेष्ठ किड्स क्यापिटल–२०२२

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ११ गते किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता वज्राचार्य र आरोन श्रेष्ठले हात पार्नुभएको छ ।ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिटल महरू फेसन एम्बास्डरको उपाधि प्रसिन कर्माचार्य र स्टेला कडायतले जित्नुभयो भने किड्स क्यापिटल हुन्छ डटकम एम्बास्डरको उपाधि आश्रिया थापाले जित्नुभएको थियो । प्रतियोगितामा युवान श्रेष्ठ र आस्भी केसीले लिटिल स्टारको उपाधि आफ्नो नाममा पार्नुभयो भने किन्स श्रेष्ठ र नायुमा श्रेष्ठले लिटिल प्रिन्स तथा प्रिन्सेसको उपाधि प्राप्त गर्नुभयो ।

नम्रता वज्राचार्यले फस्ट रनरअप, अक्षता श्रेष्ठले सेकेन्ड रनरअप, देव्यानी खड्काले थर्ड रनरअप र अनुष्का खड्काले फोर्थ रनरअपको उपाधि जित्न सफल हुनुभयो । १३ प्रतियोगितामा किड्स क्यापिटलको उपाधि जित्न सफल आरोन श्रेष्ठ र आश्रिया थापालाई गायक कृष्ण विकले आफ्नो आगामी गीतको म्युजिक भिडियोमा अभिनय गराउने जनाइएको छ ।