• ११ फागुन २०८१, आइतबार

अफवाह फैलाउनेप्रति सचेत हौं

साना भूकम्पले ठुलो भूकम्प टर्छ ?

blog

काठमाडौँ, माघ २ गते । नेपाल उच्च भूकम्पीय जोखिममा छ । जुनसुकै बेला पनि ठुलो भूकम्प जाने खतरा कायमै छ । वि.सं. १९९० को महाभूकम्प सुनेको तर २०७२ देखि हालसम्मका भूकम्प भोगेका पुस्तालाई भूकम्प के हो भनेर भन्नुपरेन । नेपालको पश्चिम क्षेत्रमा बढी भूकम्पका धक्का आइरहेका छन् भने अन्य क्षेत्रमा पनि भूकम्प जाने क्रम जारी छ । 

जनचेतना जगाउने उद्देश्यले नेपाल सरकारले हरेक वर्षको माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा  दिवस’ मनाउँदै आएको छ । यस वर्ष २०८१ को नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्व तयारीको साथ’ छ । यसै सन्दर्भमा के ठुलो भूकम्प आउँछ भन्ने पहिला नै थाहा हुन्छ ? हामीले भौतिक संरचना कस्ता बनाउने ? भूकम्प आउँदा कसरी जोगिने ? साना साना भूकम्पले ठुलो भूकम्प टर्छ ?

गोरखा भूकम्पका पराकम्पको अध्ययन तथा भूकम्पीय जोखिमका विषयमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभएका खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसँग गोरखापत्र अनलाइनका लागि नारद गौतमले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाहीले तयार  पार्नुभएको भिडियो  सामग्री :

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनको डिजिटल प्रमुख–संयोजक हुनुहुन्छ ।