काठमाडौं, जेठ १० गते । संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बस्ने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठमा नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले टेबुल गर्नुभएको थियो । नीति तथा कार्यक्रम टेबुल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिँदै मंगलबारको प्रतिनिधिसभा बैठक सम्पन्न भएको हो । अर्को बैठक जेठ १२ गते बिहीबार विहान ११ बजे बस्नेछ ।