• १३ असोज २०८१, आइतबार

साहित्य सन्ध्याको ४२८औँ शृङ्खला सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १० गते । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको साहित्य सन्ध्याको ४२८औँ शृङ्खला विशेष गोष्ठीसहित ‘मीमांसा दर्शन र प्रगतिशीलता’ विषयमा परिचर्चा आयोजना गरी सम्पन्न गरिएको छ ।

गोष्ठीमा प्रा.डा. नारायण गड्तौलाले ‘मीमांसा दर्शन र प्रगतिशीलता’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२८औँ शृङ्खलासम्म अविच्छिन्न रूपमा सञ्चालन भएको साहित्य सन्ध्याको विशेष शृङ्खलामा हामी अत्यन्त गहन र रमाइलो विषयमा बहस गरिरहेको बताउनुभयो । मीमांसा दर्शन भनेको तीन हजार वर्षअगाडिको चिन्तन हो, उहाँले भन्नुभयो ।

यस्तै गोष्ठीमा डिल्लीराज अर्याल, ओमप्रसाद कोइराला, मिसन अधिकारी, गायत्री लम्साल, बिन्दु अधिकारी ढकाल, रामकुमार पण्डित क्षेत्री, गोपाल नेपाल, नर्मदेश्वरी सत्याल, प्रशान्त खरेल, रामबहादुर पहाडी, भावना न्यौपाने, डा. खेम दाहाल, गोपाल मैनाली, हेमन्त शिशिर, मुकुन्द ढकाल, कुमार नेपाल, ऋजु शर्मा, बेनीबहादुर थापा, कणाद महर्षि, वासुदेव अधिकारी, आभा सेतु सिंह, उमेश उपाध्याय, रमेश पोखरेल, प्रेमनाथ अधिकारी, रुपक अलङ्कार र राम विनयले आआफ्ना कविता, गीत, मुक्तक, गजल वाचन र गायन गर्नुभएको थियो ।