• २४ पुस २०८१, बुधबार

थाइल्यान्डका ६ खेलाडी एनकेएल खेल्न काठमाडौँमा

blog

थाइल्यान्डका खेलाडी ।

काठमाडौँ, पुस २३ गते । नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मङ्गलबार काठमाडौँ आइपुगेका छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित लिग खेल्न विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई टोलीमा अनुबन्ध गरेको हो । 

तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध हुनुभएको छ । यस्तै रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट एनकेएल खेल्दै हुनुहुन्छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीका अनुसार यसअघि नै बङ्गलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसक्नुभएको छ ।विदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने बताइएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजन सुरु हुनेछ ।

फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।