• १३ साउन २०८१, आइतबार

'चिसो मान्छे' को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, जेठ ९ गते । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'चिसो मान्छे' को ट्रेलर सार्वजनिक गरिएको छ । 

फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ । दीर्घ खड्काले सम्पादन गर्नुभएको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

कर्णाली क्षेत्रको कथा देखाइएको फिल्मको ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल लगायत स्वस्तिमालाई कर्णाली भेषभुसामा देखाइएको छ ।

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो । फिल्म असार १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।