• २१ पुस २०८१, आइतबार

थर्ड इमप्याक्ट म्याराथन शनिबार

blog

काठमाडौँ, पुस १८ गते । आइओई पुल्चोक गर्ल्सकाे आयोजनामा शनिबार ‘थर्ड इमप्याक्ट म्याराथन’ हुने भएको छ । 

पुल्चोक क्याम्पसमा अध्ययनरत २७ जना छात्राहरू भएको यस संस्थाले पछिल्लो दुई वर्षदेखि आयोजना गर्दै आएको म्याराथनलाई अफिट स्टुडियोले सहकार्य गर्ने भएको छ ।

आइओई पुल्चोक क्याम्पस गल्र्सका अध्यक्ष बेन्‍जिना ढकालका अनुसार सात किलोमिटरको खुला म्याराथन पुल्चोक क्याम्पसको ग्राउन्डबाट सुरु भएर सोही ठाउँमा पुगेर सकिनेछ। 

 प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच, तीन र दुई हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।