काठमाडौ, पुस १४ गते । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा बारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ७९० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार ८१५ रुपियाँमा कारोबार भएको थियो ।