• १२ पुस २०८१, शुक्रबार

विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस् : खेलकुदमन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौं, पुस ११ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग आग्रह गर्नुभएको हो ।
उहाँले खेलकुदले शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब सङ्गत गर्नबाट जोगाउने बताउनुभयो । उहाँले खाली समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिमा संलग्न गराउन आवश्यक रहेको जानकारी दिनुभयो ।

‘‘आजकालका विद्यार्थीमा धेरै माेबाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकहरुमा पनि धेरै मोबालाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकले त चलाए चलाए, सन्तान पनि बढी मोबाइल चलाउने भए । उहाँले भन्नुभयो, ‘‘तपाईंका छोराछोरीहरु साँच्चै सुधार्न चाहनुहुन्छ भने, राम्रो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई घण्टा, तीन घण्टा खेलकुदमा लगाउन आग्रह गर्दछु । शारीरिक र मानसिक रुपमा राम्रो हुन्छ नै पढाइको स्तर बढ्न सक्छ । खराब सङ्गतमा जानसक्दैन । स्कुलपछिको दुई घण्टा खेलकुदमा लगाउनुस् ।’’

मन्त्री चौधरीले बालबालिकालाई उनीहरुले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गर्नुभयो ।