• ४ असार २०८२, बुधबार

माटोको ढिस्को खस्दा घाइते भएका ६ मध्य एक जनाको मृत्यु

blog

मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) असार ४ गते ।
हुम्लाको सिमकोट गाउँपालकिा–४ स्थति बुराउँसेमा बाटोको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा घाइते भएका ६ जनामध्य एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार निर्माणाधीन सडकमा ग्याबनि भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठुलो ढिस्को खस्दा ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये २३ वर्षीया सुवत्रिा वकिको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवम प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

त्यस्तै अन्य घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । घाइतेहुनेमा बाजुराको जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला बिक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हिरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा हुनुहुन्छ ।