• ६ पुस २०८१, शनिबार

ऐरीले पाउनुभयो कार पुरस्कार

blog

कारको चाँबी लिँदै दीपेन्द्रसिंह ऐरी ।

काठमाडौँ, पुस ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को सर्वाेत्कृष्ट  नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाउनुभएको छ ।

उहाँले करिब ६२ लाख रुपियाँ बराबरको कार पुरस्कार पाउनुभएको हो । दीपेन्द्रले प्रतियोगिता भर कूल दुई सय २७ रन बनाउनुभएको थियो ।

टोलीलाई फाइनल यात्रासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निभाउनुभएका ऐरीले बलिङमा नौ विकेट लिनुभएको थियो । उहाँले फाइनल खेलमा नौ रन बनाउनुभएको थियो भने एक विकेट लिनुभयो । 

यस्तै उत्कृष्ट बलर बन्नुभएका विजेता टोली जनकपुरका बलर ललित राजवंशीले मोटरसाइकल पुरस्कार पाउनुभयो ।