• १९ असार २०८१, बुधबार

गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट

blog

काठमाडौँ ६ जेठ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्नुभएको छ । यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।

भेटमा समसामयिक राजनीति, सङ्घीय संसद्लाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिनुभयो । ‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारको नीति तथा कार्यक्रम र सरकारद्वारा संसदमा पेस गर्न लागिएका विभिन्न विधेयकबारे भेटमा छलफल भयो । छलफल सकारात्मक भएको छ,’ गृहमन्त्री खाणले भन्नुभयो । 

नागरिकता विधेयक र सरकारको नीति तथा कार्यक्रमबारे छलफल

प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ । दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ । 

बिहीबारमात्रै नागरिकता विधेयक, संसद् सुचारु गर्ने र सरकारले संसद्मा प्रस्तुत गर्न लागेका विभिन्न विधेयकका सम्बन्धमा गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुभएको थियो ।

सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी भएको छ ।