• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर ५ मा काँग्रेसका कार्की विजयी

blog

काठमाडौं, जेठ ६ गते । काठमाडौं महानगरपालिका ५ को वडाअध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की विजयी हुनुभएको छ । उहाँले दुई हजार ६१ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार नेकपा (एमाले) का कृष्णभक्त खड्गीले ९१६ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक कुमार थापाले ५२१, नेकपा (एकीकृत समाजवादी) श्याम मुनिकारले ३१९, नेकपा (माओवादी केन्द्र) का तिर्थ नारायण महर्जनले ९१ मत ल्याउनुभयो ।

महिला सदस्यमा काँग्रेसका इन्दिरा श्रेष्ठ एक हजार ९१७ मतसहित, दलित महिला सदस्यमा एक हजार ८९७ मतसहित कांग्रेसका सरमिला श्रेष्ठ महतो सुडी विजयी हुनुभयो ।

सदस्यद्वयमा कांग्रेसकै मनोज कुमार डंगोल एक हजार ८२८ मतसहित र मिलन कुमार खड्का क्षेत्री एक हजार ७२५ मतसहित विजयी हुनुभयो ।