नारद कोहार
तौलिहवा(कपिलबस्तु), मङ्सिर २२ गते । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार ०८१-०८२ परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौँबाट विभिन्न प्रलोभनमा पारी झुक्क्याई बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको सिमाना कपिलवस्तु कृष्णनगर हुँदै भारत लैजाँदै गर्दा पक्राउ गरिएको हो ।
उनलाई कपिलवस्तु कृष्णनगर नगरपालिका २ लिङगेटबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।