गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २१ गते । लोक तथा दोहोरी गायक चन्द्र शर्मालाई अमेरिकास्थित अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) र कोलोराडो नेपाली घरले सम्मान गरेको छ । कलाकारिताका माध्यमबाट नेपाली गीतसङ्गीतलाई देश विदेशमा परिचित गराउन सफल शर्मालाई समाजले सम्मान गरेको जनाएको छ । शर्माले अमेरिकाका १२ राज्य भ्रमण गरी त्यहाँका नेपाली समुदायसँग साङ्गीतिक कार्यक्रममा अन्तर्क्रियासमेत गर्नुभएको छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय अध्यक्ष, राष्ट्रिय प्रतियोगिताको निर्णायक, सङ्गीत रोयल्टी सङ्कलन समाजको उपाध्यक्ष, राष्ट्रिय कलाकार तथा वरिष्ठ लोकदोहोरी गायकसमेत हुनुहुन्छ ।