• १३ साउन २०८१, आइतबार

घोडाघोडीमा नेकपा एसका रावत विजयी

blog

घोडाघोडी नगरपालिका प्रमुखमा निर्वाचित खडक रावत र उपप्रमुख गुलिया कुमारी चौधरी । तस्विरः चाँदनी आचार्य

कैलाली, जेठ ५ गते । कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । बिहीबार पालिकाको मतगणना समापन भएसँगै गठबन्धनका उम्मेदवार नेकपा (समाजबादी)का खडक रावत प्रमुखमा विजयी हुनुभएको हो ।

उहाँको जीतसँगै सुदूरपश्चिममा समाजवाबाट नगरपालिका हाँक्ने उहाँ पहिलो नगरप्रमुख हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ममताप्रसाद चौधरीलाई चार हजार ८७७ बढी मतले पराजित गर्नुभएको छ । समाजवादीका उम्मेदवार रावतले १३ हजार १२८ मत प्राप्त गर्नुभएको छ, भने एमालेका उम्मेदवार चौधरीले आठ हजार २४१ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपप्रमुखमा समेत गठबन्धनका उम्मेदवार नेपाली कांगँरेसका गुलियाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँले १२ हजार २७० मत प्राप्त गर्नुभएको छ, भने एमालेका उम्मेदवार करुणा बम बटालाले छ हजार ९६३ मत प्राप्त गर्नुभएको छ । चौधरीले पाँच हजार ३०७ को फराकिलो मतान्तरले विजय हुनुभएको छ । 

१२ वटा वडा रहेको घोडाघोडी नगरपालिकाको वडा नम्बर २ , ६ र ११ बाहेक सवै वडामा नेपाली काँग्रेसका उम्मेदवार वडाअध्यक्षमा विजयी हुनुभएको छ । वडानम्बर १ मा  घनश्याम ओझा, ३ मा कृष्णप्रसाद गौतम, ४ मा भरतबहादुर शाही, ५ मा लोकबहादुर चन्द, ७ मा जुगराम चौधरी, ८ मा बीरबहादुर साउँद, ९ मा हरिशचन्द्र शाह, १० मा विजयराज स्वाँर र १२ मा रामदुलारे चौधरी गरी  नौ वटा वडामा नेपाली काँग्रेसले वडाअध्यक्षमा विजय हासिल गरेको छ ।

वडा नम्बर २ मा नेकपा(एमाले)का लक्ष्मी प्रसाद चौधरी र वडा नम्बर ६ मा माओवादी केन्द्रका धनबहादुर चौधरी विजयी हुनुभएको छ भने वडा नम्बर ११ मा जनता समाजवादी पार्टीका दानसिंह जोगी विजयी हुनुभएको निर्वाचन अधिकृत भानदेव जोशीले बताउनुभयो ।

Author
चाँदनी आचार्य

उहाँ कैलाली (घोडाघोडी)बाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ । 

लेखक बाट थप