कैलारी (नाम परिवर्तन) को दाहिने हात र खुट्टाले राम्रोसँग काम गर्दैन । जुन दिनदेखि हात खुट्टाले काम गर्न छोड्यो, त्यो सम्झेर अहिले उहाँ झस्किनु हुन्छ । पाँच वर्षअघि घोडाघोडी नगरपालिका –१ स्थित आफ्नो घरमा उहाँ सुतिरहनुभएको थियो । ज्वरोले थला परेकी कैलारीले उठेर खाना पकाउन सक्नु भएन । उहाँका श्रीमानलाई त्यही कुरा उहाँमाथि जाइलाग्ने निहुँ बन्यो ।
एक दिन राजकुमारी चौधरीले आफ्ना पतिलाई भलमन्सा बन्न सुझाव दिनुभयो । थारू समुदायमा भलमन्सा भनेको गाउँ या बस्तीको अभिभावक हो । परम्परादेखि नै यो पदमा पुरूष मात्र चुनिने चलन थियो । त्यसैले उहाँले श्रीमानलाई यो पद दाबी गर्न भन्नुभयो ।
मुलुकको कानुनले बहुविवहालाई दण्डनीय अपराध मानेको धेरै वर्ष भयो । मुलुकी अपराध संहिता २०७४ ले बहुविवहा गर्नेलाई ५ वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । विहीबार पालिकाको मतगणना समापन भएसँगै गठबन्धनका उम्मेदवार नेकपा (समाजबादी)का खडक रावत प्रमुखमा विजयी हुनुभएको हो ।