• १३ मंसिर २०८१, बिहिबार

त्यो भेट (कथा)

blog

उनीसँग अचानकै लिफ्टमा भेट भयो । म माइनस वानबाट रगतको स्याम्पलिङको रिपोर्ट बुझेर आउँदै थिएँ । भुइँतलाको बन्द हुनै लागेको लिफ्टमा असिन पसिन हुँदै उनी पसिन् । पहिलो झल्कोमा उनै नै हुन भन्ने सोच्न पनि सकिनँ । मस्तिष्कले सचेत गरायो उनी भनेर अनि बल्ल छक्क परेँ उनलाई यहाँ देखेर । धेरै नै वर्षअघिदेखि नेपालमै देख्न नपाएको उनीसँग अचानक यहाँ भेट होला भन्ने मेरो कल्पनाको एक अंशमा पनि थिएन । सोचेकै भए पनि कम्तीमा उनी यहाँ भेटिऊन् भन्ने म कहिले पनि चाहन्न थेँ तर पनि उनी अचानकै भेट भइन् । यद्यपि भेट चाहिँ भएको भन्न मिलेको छैन । देखादेख पनि भएको छैन । ढोकाछेउमा उभिएकी उनले दस, बाह्र जना अटाउने लिफ्टको कुनामा उभिएको मलाई देखेकी छैनन् । 

आहा साँच्चिकै कति राम्री । उनलाई देख्नेबित्तिकै मनमा पहिलो प्रतिक्रिया यही नै आयो । यत्रो उमेर बितिसक्दा पनि उनको सौन्दर्य उस्तै रहेछ । उनी पस्नेबित्तिकै एक्कासि सयौँ चमेलीका वासना लिफ्टको त्यो साँगुरो ठाउँमा मगमगाएको, लिफ्टमा अरू थप केही बत्तीको उज्यालो थपिएको, अपनत्वको एउटा मृदुल न्यानो यही साँघुरो लिफ्टको वातावरणमा पैmलिएको भावनाले मन निथ्रुक्कै भिज्यो । यतिका उमेर बितेर गइसक्दा पनि उनी उस्तै राम्री र स्मार्ट रहिछन् । हो अलिकति मोटाइछन् तर त्यो हलुका मोटोपनले उनको सौन्दर्यमा कुनै कमी ल्याएको रहेनछ । साँच्चै के प-यो होला उनलाई यहाँ आउन ! “उनको व्यक्तित्वको प्रशंसामा रुमल्लिरहँदा एक्कासि मस्तिष्क सचेत हुन पुग्यो ।

कतै उनी आफैँ त होइन ? योभन्दा बढी मनले सोच्नै सकेन । यत्रो वर्षदेखि मुटुको भित्री तहमा कतै थिचिएर रहेको उनीप्रतिको मेरो माया अनायासै ब्युँझियो । मन उकुसमुकुस भयो । एकखालको नरमाइलो र खल्लोपन अनुभूत भयो । “अहँ उनी आपैmँ त हुँदै होइन ।” मनले खोई कसरी हो आफैँ निक्र्योल पनि ग¥यो ।

लिफ्टको भीडमा उनले अभैmसम्म मलाई देखेकी छैनन् । नचिनेको वा नदेखे जस्तो गरेकी त होइन नै होला । 

दोस्रो तलामा उनी मभन्दा पहिले निस्किन । यो तला धेरै बिरामीको गन्तव्य हो । कतिपय रोगका डाक्टरको ओपिडी यही तलामा छ । भिड सबै निस्किएर लिफ्ट खाली जस्तै हुन आँटेथ्यो म निस्कँदा । उनी डाक्टरको अप्वाइन्टमेन्ट लिने लाइनको निकै अगाडि उभिइसकी छन् । म पछाडि उभिँदा पनि उनले देखिनन् । 

निकै आत्तिएकी रहिछन् । डाक्टरसँग समय मिलाइदिने मान्छेलाई आफ्नो बिरामीको स्थिति अलि गम्भीर भएकाले डाक्टरसँग अहिल्यै भेट्न समय मिलाइदिनका लागि आग्रह गर्दै छन् तर त्यस्तो कहाँ हुन्थ्यो र पैसा तिरेको रसिद हेरेर डाक्टरको समय मिलाइदिने व्यक्तिले भनिहाल्यो, “बिरामी त्यस्तो गम्भीर भए अहिल्यै तुरुन्तै इमर्जेन्सीमा लगिहाल्नुस् । त्यहाँको डाक्टरले अहिल्यै भेटनुपर्ने आवश्यकता देखे भने उनीहरूले नै यो डाक्टरलाई बिरामी हेर्न बोलाइदिन्छन् ।” उनले कति तर्क गर्न खोजिन तर नियमविपरीतको काम गर्न ती के मान्थे र निराश भएर फर्किंदा लाइनमा उभिरहेको मसँग एक्कासि उनको आँखा जुध्यो । परिचयको उज्यालो तुरुन्तै उनको आँखामा छरियो । त्यो उनको आँखाको उज्यालो अनुभूत गरेरै म उनीसित प्रश्न गर्न खोज्दै थिएँ, उनी नै बोलिन्, “अजु तिमी पनि यहाँ ? कसलाई लिएर आएको ?”

यत्रो वर्षपछि उनको मुखबाट आपूmलाई उनले बोलाउने गरेको नाम सुनेर मलाई एउटा लामो कालखण्ड शून्यमा विलिन भएर पुरानो समय त्यहीँ टक्क अडिएर रहिरहेको जस्तो भान भयो । “अनि कसलाई के भयो ? यता किन ?” म उनी जस्तो औपचारिक हुनै सकिनँ । उनलाई पहिलेको जस्तो तिमी भनेर सम्बोधन गर्न सकिनँ । अझ उनको नामै लिएर त बोलाउनै सकिनँ ।

मेरो श्रीमान्.. यत्ति बोल्दाबोल्दै उनको बोली अड्कियो । आँखाबाट बर्बर आँसु झर्न लागे । तिनी निकै आत्तिएकी जस्ति छन् । म किकर्तव्यविमूढ भएर तिनीतिर हेरिरहन पुगेछु । 

पछाडिको मान्छेले कोट्याएर मलाई लाइनमा अगाडि बढनका लागि आग्रह ग-यो । मैले उसलाई म केहीबेर लाइनबाहिर उभिन्छु है भनेर अनुरोध गरेर लाइनबाट बाहिरिएँ र उनलाई आपूmसँगै आउने सङ्केत गरेर नजिकैको कुर्सीमा बसाएँ । 

कहाँको ? कति भयो थाहा भएको ? अहिले को को सँगै आएको ? बसाइ कहाँ छ ? अत्यासमा मेरो मुखबाट अनायासै कैयौँ प्रश्न निकिए । 

हेर न एक साताअघि काठमाडौँमा डाक्टरहरूले फोक्सोको क्यान्सर भनेर शङ्का गरे । उनीहरूले त हामी यहीँ उपचार गर्छौं भनेका थिए तर छोराछोरीले मानेनन् । साथीभाइ सबैले दिल्ली जानु पर्छ भनेर जोड गरेकाले नै यहाँ आइपुगेका थियौँ । आजका लागि बाएप्सीको समय दिएकाले यहाँ बिहानै आइपुगेका थियौँ । बाएप्सी गर्ने ठाउँमा बाएप्सी गर्दा के के समस्या आउन सक्छन् भन्न थाल्यो, त्यही भएर म आत्तिँदै यहाँ डाक्टर भेट्न आएको तर यहाँ डाक्टर सजिलै भेट्न कहाँ पाइँदो रहेछ र ! उता तल उसलाई एक्लै छोडेर आएकी छु । अब के गर्नु बाएप्सी गर्ने ठाउँमा भित्र जान दिँदो रहेनछ । विचरो अस्पताल जान भनेपछि बिरामी हेर्न जान पनि गाहारो मान्ने मान्छे, अहिले एक्लै कति आत्तिइरहेको होला !”

अनि साथी कोही छैन त ? को हुनु र । छोराछोरी दुवै जना अमेरिकामा छन् । अहिले तुरुन्त आउन सक्दैनन् । माइतमा पनि भएको एउटा भाइ छोरोले बोलायो भनेर श्रीमतीसँगै अस्ट्रेलिया गएको छ । जेठाजुका छोराछोरीहरू पनि सबै विदेशमै छन् । अनि साथी को पाउनु र ! फेरि मेरो बुढो अहिले पनि बाहिरबाट कुनै रोग नलागेको मानिस जस्तो सामान्यै देखिन्छन् । उनलाई देख्ने कसैले पनि उसलाई यस्तो डरलाग्दो रोग लागेको छ भनेर पत्याउँदै पत्याउँदैनन् । 

काठमाडौँमा एकदम खोकी लागेर डाक्टरलाई देखाउन जाँदा उनीहरूले पहिला फोक्सोको एक्स रे गरे । त्यो एक्सरे देखेपछि फेरि डाक्टरले एमआरआई गराउन लगाए । त्यसले पो उनको फोक्सोमा टम्म पानी भरिएको देखायो । अनि डाक्टरहरूले क्यान्सरको शङ्का गरे । उनीहरूले त त्यहीँ बाएप्सी गर्ने भन्दैथिए तर छोराछोरीले मानेनन् र हामी यहीँ आयौँ । 

“अनि कहाँ बसेको ?” “यहीँ नजिकै एउटा होटल रहेछ सरदारजीको । त्यहीँ बसेका छौँ तर त्यहाँ खानेकुरा पाइँदो रहेनछ । बाहिरबाट मगाएर खानुपर्ने । बाहिरको पिरो खानेकुराले उसलाई खराब पो गर्छ कि भनेर तनाव भइरहेको छ । हेरौँ अब बाएप्सीको रिपोर्टले के भन्छ ! क्यान्सर होइन रहेछ भने त घरै फर्किन पाइन्थ्यो ।” उनको आँखामा आशाको एउटा मधुरो उज्यालो चम्कियो । आफ्नो मान्छेलाई ठुलो रोग पनि लाग्न सक्छ भनेर कसैको मस्तिष्कले पनि सोच्दैन नि त । मैले पनि मिनुलाई यत्रो ठुलो रोग लाग्ला भनेर कहिले पो सोचेको थिएँ र ।

उनीसँग कुरा गर्दागर्दै पनि मेरो दृष्टि अपइन्टमेन्ट काउन्टरमै थियो । त्यहाँ पनि भिड निकै छ तर टिकट दिनेहरूले लाइनमा उभिएकाहरूलाई नै पालो अनुसार डाक्टरसँग भेट्ने समय दिन्छन् । मभन्दा अगाडि उभिएको व्यक्तिको पालो आयो । म उनलाई त्यहीँ बसिराख्न भनेर अपइन्टमेन्ट लिन गएँ । मैले खोजे अनुसार नै दिउँसो २ बजे डाक्टरसँग भेट्ने समय लिएँ ।

“अब तल जाऔँ । उहाँको बाएप्सी हुन लाग्यो कि बुझौँ ।” तल न्युक्लियर मेडिसिन खण्डमा गयौँ । त्यहाँ गएर बुझ्दा उनको श्रीमान्लाई बाएप्सी गर्न लगिएको थाहा भयो । उनलाई बाएप्सी सकिएर बाहिर आउन एक, डेढ घण्टा लाग्दो रहेछ । श्रीमान्को बाएप्सी गर्न पर्ने भएकाले उनीहरू एकाबिहानै अस्पताल आएका रहेछन् । उनी बिहानदेखि भोकै रहिछन् । माया लाग्यो । धन्य कसो मलाई भेटिछन् । नभए यो नितान्त अपरिचित ठाउँमा ती बिचरी के गर्थिन् होला !

दिउँसोको १ बजिसकेको थियो । म अस्पतालनजिकै रहेको सोमबजारको डेरामा खान जान सकिनँ । श्रीमतीलाई फोन गरेर तिमी खान खाएर २ बजेलाई आफैँ अस्पताल आऊ भनेँ र उनीलाई क्याफ्टेरियामा खान लगेँ । यहाँ दिउँसोको १ बजेपछि मात्र लन्च खान पाइन्छ । ब्रेकफास्टको समय सकिइसकेकाले खासै राम्रो खानेकुरा केही थिएन । इडली साम्भर मगाइदिएँ । भोको पेटमा खाने कुरा खान पाएर उनी मिठो मानेर खान थालिन् । म पनि सँगै खाँदै उनीलाई हेरिरहेको थिएँ । कठै बिचरी म नभेटिएको भए कतिन्जेलसम्म उनी भोकै हुन्थिन् होला ! मनमा आपूmहरू पहिलो दिन यहाँ आइपुगेको सम्झना आयो । पानी खाने ठाउँ शुद्ध नदेखेर हामी धेरैबेरसम्म तिर्खाले छटपटिएका थियौँ । त्यतिखेर यो एउटा कुनामा रहेको क्यान्टिन कसरी देख्नु र ! 

तर अचम्म लाग्यो । भेट भएदेखि नै प्रायः उनी नै बोलेकी छन् । भेटेदेखि आफ्नोबारे सबै बेलिबिस्तार लाइसकिन् तर मेरोबारेमा एक रत्ति पनि चासो राखेकी छैनन् । एक शब्द पनि सोधेकी छैनन् । आफ्नो दुःखमा, अत्यासमा उनी यसरी आपैmँमा हराएकी छन् कि उनको मस्तिष्कको एउटा छेउमा पनि यो क्यान्सर अस्पतालमा मेरो उपस्थिति किन भन्ने प्रश्न उब्जिएन । कति आत्मकेन्द्रित उनी ! आखिर मेरो यहाँको उपस्थितिलाई उनको मनले किन भनेर किन सोच्दै नसोचेको होला ? 

हुन त कलेजमा पनि यस्तै थिइन् उनी । उनको पढाइ, उनको समस्या, उनका खुसी, उनका दुःख । अरूको कुनै वास्तै थिएन उनलाई । 

फोनको घण्टी बज्यो । मिनुको नै रहेछ । उनी डाक्टरले बिरामी जाँच्ने कोठाको बाहिर पुगिसकेकी रहिछन् । २ बज्न लागि नै सकेको रहेछ । लन्च खान आउनेहरूको भिडले क्याफेटेरिया भरिभराउ भइसकेको पनि चाल पाएनछौँ । हामीले अघि नै खान सिध्याइसकेका थियौँ । अंशुलाई जाऊँ भनेँ । उनलाई न्युक्लियर मेडिसिनको बाहिरको कुर्सीमा राखेर बस्दै गर्न भनेँ । बिरामीको मान्छेको नाम यहीँ बोलाउँछ । म चाँडै नै आउँछु भनेर आश्वस्त पारेर म माथिल्लो तलामा जानका लागि लिफ्टतिर लागेँ । 

हामी यहाँ मेरी पत्नी मिनुको ३÷३ महिनामा गर्नुपर्ने स्वास्थ्य परीक्षणका लागि आएका थियौँ । पहिला यहाँ छ महिना बसेर उनको दोस्रो अवस्थाको पाठेघरको क्यान्सरको उपचार गरेर फर्किएका थियौँ । उनको उपचार निकै सफल भएको थियो तर पनि केही समयसम्म प्रत्येक तीन, तीन महिनामा स्वास्थ्यको जाँच गरिरहनु पर्दो रहेछ । अहिले त्यही भएर यहाँ आएका हौँ । बाहिरबाट हेर्दा उनको स्वास्थ्यको स्थिति राम्रै देखिन्छ तर भित्र भित्र के भइरहेको हुन्छ थाहा हुँदैन । 

डाक्टर नभेटुन्जेल अनेक शङ्का उपशङ्काले मनमा घाम लागेको थिएन तर रिपोर्ट सबै राम्रो रहेछ । डाक्टरले भनेको बधाई शब्द हामी दुवैको हृदयमा मिठो सङ्गीत बनेर गुन्जियो । दुवै जनाको छातीभित्र अड्किएको अत्यास, सन्तोषको लामो खुइøय बनेर बाहिर निस्कियो । प्रसन्न अनुहारले दुवैले एकअर्कालाई हे¥यौँ । डाक्टरले अब फेरि तीन महिनापछि भेटौँला भनेर हामीलाई बिदा गरे । डाक्टर भेट्ने कोठाबाट बाहिर निस्किँदा हाम्रो मन खुसीले हावामा उडेको सिमलको भुवा जस्तै हलुको भएर फुर फुर उड्न खोज्दै छ । अघिसम्म आशङ्काले गुम्सिएको मिनुको अनुहारमा हजार वाटको बत्तीको उज्यालो पैmलिएको छ । अघिदेखि गह्रौँ भइरहेको मेरो मनबाट पनि आशङ्काको ठुलो चट्टान कुनबेला फुत्रुक्क झरेर कतै बिलायो थाहै पाइनँ । खुसी हामी दुवैको हृदयबाट छताछुल्ल भई पोखिन पोखिन खोज्दै छ ।

“मिनु तल मेरी एउटी कलेजकी साथी आफ्नो श्रीमान्लाई लिएर आएकी छन् । निकै आत्तिएकी छन् । आऊ उनलाई भेट्न जाऊँ ।”

मसँगै उभिएकी मिनुलाई देखेपछि बल्ल अंशुको जिज्ञासायुक्त दृष्टि मतिर फर्कियो । आँखामा उम्रिएको प्रश्न उनको ओठबाट निःसृत भएन । सायद उनलाई मेरो पनि विवाह भएको होला भन्ने कुनै अनुमान थिएन ।

“मेरी श्रीमती मिनु” मैले स्पष्टीकरणको भाखामा आफ्नी पत्नीको परिचय तिस वर्षअघि सामान्य मानिस भनेर आपूmलाई छोडेर, अर्कै धनाढ्यलाई रोजेर गएकी प्रेमिकालाई दिनुप¥यो । कसो कसो असजिलो लाग्यो । उनले मिनुलाई यान्त्रिक पाराले हात जोडेर नमस्कार गरिन् । आत्मीयता, हार्दिकता, कृतज्ञता, सहानुभूतिबिनाको अर्थहीन अभिवादन । मिनुसँंग एक शब्द पनि बोलिनन् ।

मलाई उनको यो अनौठो व्यवहार चित्त बुझेन । तर पनि यो विरानो ठाउँमा अचानक भेट हुन पुगेकी अवश उनीलाई यत्तिकै एक्लै छोड्न पनि मनले मानेन । मिनुलाई घर पठाएँ, अंशुलाई एक्लै छाडेर हिँड्न सकिनँ ।

“अजु तिमीले पनि बिहे गरेछौ हगि” उनको अनुहारमा देखिएको असन्तुष्टि हो वा आश्यर्च जो कोहीले पनि बुझ्न सक्थ्यो अर्थात् मेरो पनि बिहे भएको तथ्य उनलाई अप्रिय लाग्यो ।

“जीवनमा बेला आएपछि सबै कुरा आफैँ हुँदो रहेछ ।” के भनुँ के भनुँ भएर यति मात्र भनेँ । 

“के भएको तिम्री श्रीमतीलाई ?”

“पाठेघरको क्यान्सर ।”

“अहिले कस्तो छ ?”

“ठिक छ ।”

मात्र औपचारिकता निर्वाह गर्नका लागि सोधिएको ती प्रश्नहरूको मेरो उत्तरहरू पनि उत्तिकै औपचारिक नै रहे । घण्टौँ कुरा गरेर पनि नथाक्ने उनीसँग अहिले सबै कुरो बेलिबिस्तार लाउनै मन लागेन । यद्यपि कुरो खुसीको थियो । मेरी पत्नी अहिले क्यान्सर मुक्त छिन् । दोस्रो स्टेजमै रोग पत्तो लागेको र यसको समयमै सफल उपचार भएकाले भविष्यमा रोग दोहोरिने सम्भावना पनि न्यून रहेको डाक्टरले बताएका थिए । 

श्रीहर्ष रहेछ उनको श्रीमान्को नाम । न्युक्लियर मेडिसिनको बाहिरको बायप्सीका लागि भित्र गएका बिरामीहरूका आफन्तहरू कुरेर बस्ने कुर्सीमध्येको एउटा कुर्सीमा बसेको त्यो एक घण्टामा मैले अंशुको मुखबाट उनीबारे लगभग सबै कुरा थाहा पाएँ । अंशु तृप्त मनले आफ्नो श्रीमान्को एक एक कुरा गर्दै छिन् तर उनले एकपल्ट पनि मेरो विषयमा चासो लिइनन् । न त मेरो विगत । न त मेरो वर्तमान मानौँ हामी आज मात्र परिचित भएका हौँ आखिर उनीसँगको टाढा भएपछि मेरो जीवनको परिस्थिति के कसो छ भनेर उनको मनले सोच्दै सोचेन ? 

कति आत्मकेन्द्रित उनी नचाहँदा चाहँदै पनि असन्तोष मनभित्र कता कता चिहाउँदै छ । म मनलाई थामपुर पार्छु । साँघुरो ठाउँ, अनि मानिसहरूको लगातार ओहोरदोहोर गरिरहेको भिडले पनि उकुसमुकुस लागिरहेको छ । हैन कति घेरै रोगीहरू । एउटा तिक्तता मनभरि पैmलिन्छ ।

एक घण्टा जतिपछि अंशुलाई भित्र बोलाइयो । म पनि सँगै भित्र गएँ । उनका श्रीमान् लुगा फेर्ने ठाउँमा लुगा फेर्दै रहेछन् । किन किन मलाई आपूm पहिलोपल्ट मिनुलाई लिएर यहाँ बाएप्सी गर्न आएको बेलाको सम्झना आयो । 

बाहिर निस्किएपछि अंशुसँगै मलाई देखेर प्रश्नवाचक दृष्टिले श्रीमतीलाई हेरे श्रीहर्षजीले । अंशुले तुरुन्तै परिचय दिइन् । “उहाँ अजित दाइ । हाम्रो कलेजको सिनियर, उहाँ पनि यहाँ श्रीमतीको चेकअप गराउन आउनुभएको रहेछ ।” 

आफ्ना लागि अंशुको मुखबाट ‘दाइ’ शब्द सुन्दा अकमक्क परेँ तर कलेजको सिनियरभन्दा पनि केही बढी थिएँ भन्ने कुरा उनले त्यहाँ बताउने कुरै भएन । सायद यो तथ्य उनी आपैmँले पनि बिर्सिइसकेकी थिइन् कि रवाफिला रहेछन् श्रीहर्ष । निकै घमन्डी पनि, उनले मलाई राम्ररी हेर्दा पनि हेरेनन् । श्रीमतीतिरै हेरेरभित्र के के भयो भनेर बताउन थाले । श्रीमती चाहिँ पनि सबैलाई बिर्सिएर आफ्नै श्रीमानको कुरा सुनिरहेकी थिइन् । उनीहरूका लागि मेरो अस्तित्व अदृश्य भइदिएको थियो । 

के भन्ठानेको होला आपूmलाई । को हुन् ती ? कमसेकम मलाई हलो भनेको भए हुन्थ्यो । म को हुँ भनेर मेरोबारेमा केही सोधेको भए पनि त हुन्थ्यो । कस्तो चढेको मान्छे रै छ । अंशुले मेरो सिनियर भनिसकेपछि यसो पढाइको त मर्यादा राख्नु पर्छ, उसले मेरोबारेमा जान्ने इच्छा राखेन । 

यो बिरानो ठाउँमा उसकी श्रीमतीलाई सहयोग गरेकोमा एउटा सामान्य शिष्टाचारसम्म पनि देखाएन । होला ऊ धनी तर अशिष्ट र असभ्य । यसले अंशुलाई कति हेपेर राखेको होला । यस्तोसँग अंशु साँच्चिकै सुखी होलिन र । एकाएकै तिस वर्ष पुरानी आफ्नी प्रेमिकाप्रति सहानुभूति जागेर आयो । 

“त्यहाँ बसिरहनु अनावश्यक लाग्यो । म अहिले जान्छु है त । यसको रिपोर्ट पर्सी मात्र आउँछ भनेको छ । पर्सी के रिपोर्ट आउँछ, कुरा गरौँला नि ।” मैले अंशुसँग बिदा मागेँ । 

“अजित दाइ एकछिन, उनी आत्तिइँदै बोलिन् । दाइ उसलाई बाहिरको पिरो खानाले साह्रै गाह्रो भएको छ । यसो घरमै खाने केही बन्दोबस्त गर्न सकिन्छ कि, बरु लाग्ने खर्चमै दिने थिएँ ।”

अंशुको कुराले मन मस्तिष्क रनन्न भयो । उनी पनि कम त रहिनछन् । श्रीहर्षभन्दा बढी पो उनले मेरो अपमान गरिन् । म वर्तमानमा को हुँ भन्ने विचारै नगरी उनले आफ्नो श्रीमान्को अघिल्तिर तिस वर्षअघिको मेरो गरिबीको पोल खोल्न खोजिन् । 

आफ्नो जीवनसाथीलाई लागेको असाध्य रोगको पीडा र विचलनमा पर्न लागेकी आफ्नी भूतपूर्व प्रेमिकाको सम्भावित दुःखको कल्पना गरी भर्खरै उनीप्रति पलाउँदै गरेको सहानुभूति पखालिएर तिक्त भएको मनस्थितिमा असन्तोष भरिएर आयो । 

के खोजेकी तिनले पैसा र ठुलो खानदानको मातले उनमा सम्बन्धको गरिमा नै भत्काइदिएको रहेछ । कत्रो तुजुक । मैले उनीहरूको खानेको जिम्मा लिने अनि त्यसको पैसा उनले तिर्ने, पैसाको कुरो नगरेकी भए बरु आपूm बसुन्जेलको उनीहरूलाई आफ्नै भान्सामा खुवाउने थिएँ होला तर कति ठुली भएर कुरा गरिन् तिनले । मन चसक्क भयो । मलाई उनले अहिले पनि तिस वर्ष अगाडिको सामान्य मध्यम वर्गीय मान्छे ठानिन् । उनी अभैm विगतमै पो अल्झिरहेकी रहिछन् । यत्रो वर्षमा उनको जीवनमा आएको परिवर्तन जस्तै मेरो जीवनमा पनि केही परिवर्तन आएकै होला भनेर उनले सोच्न पनि सकिनछन् । म उनका लागि आज पनि उही पढाइमा अब्बल सामान्य मध्यम वर्गीय विद्यार्थी मात्रै रहेछु । आज म पनि कोही हुन सक्छु भनेर उनको मस्तिष्कले सोच्न पनि सकेनछ ।”

म केही बोल्नुभन्दा पहिले नै “छोड यार के नचाहिने कुरा गरिरहेको डाक्टरले आज एक दिन पूरा रेस्ट गर्नु । भोलिदेखि यताउति गए हुन्छ भनेको छ । भोलि कनाटप्लेसको कुनै राम्रो होटलमा सिफ्ट गरौँला ।”

घमण्ड श्रीहर्षजीको बोलीबाट राम्रैसँग निस्कियो । जीवनमृत्युको यो सँघारमा आइपुगेका छन् तर पनि सम्बन्धको शास्वततालाई उनी पनि पैसाकै तराजुमा तौलिन खोज्दै छन् । मानवताभन्दा पनि धनी र गरिबकै तह विभाजनमा लागेका छन् । त्यसैले होला आफ्नी श्रीमतीको कलेजमा पढेको सामान्य मानिस ठानेर मतिर हेर्न पनि उनले आवश्यक सझिएनन् । म को भनेर जान्न त उनले खोज्दा पनि खोजेनन् । 

उनको हेपाहापूर्ण व्यवहारको तिखो सुइरोले सम्पूर्ण अस्तित्व नै छेडे जस्तो भयो । अपमानको तिखो दंशले मन आवेशले भरियो । एकपल्ट फेरि अंशुले मेरो अस्त्वि र मेरो व्यक्तित्वको अवमूल्यन गरिन् । मलाई भावनाको सेतुले भन्दा पैसाकै आँखाले हेर्न खोजिन् । 

तर अहिले म उनी भनेपछि भुतुक्कै हुने उनको पुरानो प्रेमी रहिन् ।

“खोई खानेकुरा त कहाँ भन्नु र । कसको घरमा भन्नु । फेरि आज एकरात कै कुरा त भयो नि । अथवा भनुँ भोलि बिहानको पनि छाकको कुरा भयो, त्यो त यहाँकै क्यान्टिनमा खाए भइहाल्यो नि । यहाँ त्यस्तो चिल्लोपिरो खाना हुँदैन । फेरि बसेको होटलबाट पनि यहाँ त्यति टाढा होइन । हिँडेरै आउजाउ गर्न सकिन्छ । हस त म जान्छु । अब भेट हुँदैन होला । भोलि बिहानको फ्लाइटबाट हामी फर्किन्छाँै ।” 

वास्तवमा हामी अझ एक, दुई दिन यहाँ बस्छौँ तर किन हो कुन्नि मेरो मुखबाट झुटो उत्तर निस्कियो ।

मेरो उत्तरले अंशुको अनुहार केही खिस्रिक्क भएको अनुभूत भयो तर उनको श्रीमान्को अनुहारमा मन नपरेको भाव प्रस्ट देखिइरहेको छ । उनी बोल्दै नबोली अघि बढे । 

अंशु उनको पछि लागिन् । म फर्किने बाटो पनि त्यतैबाट हो तर उनीहरूको पछि लाग्न मन लागेन, त्यसैले उनीहरू गएको बाटोको विपरीतमा रहेको इमर्जेन्सीतिरको छोटो बाटोबाट म बाहिर निस्किएँ । भर्खरै बिरामी उतारेको अटोरिक्सा बाहिरै भेटेँ । त्यसैमा बसेँ र ड्राइभरलाई भने “भैया सोमबजार ले चलो ।” मधुपर्क