• ५ जेठ २०८१, शनिबार

सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी

blog

सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा विजयी नेकपा माओवादी केन्द्रका रामाशङ्कर प्रसाद कुशवाहा । तस्बिर : गोरखापत्र

जनार्जन खत्री

सर्लाही, जेठ ३ गते । सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रामाशङ्कर प्रसाद कुशवाहा विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभय कुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

कुशवाहाले चार हजार ६४३ मत प्राप्त गर्दा सिंहले तीन हजार ६३१ मत मात्रै पाउनुभएको छ । नगरप्रमुखमा पराजित सिंह बलराको निवर्तमान नगरप्रमुख हुनुहुन्थ्यो । यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी हुनुभएको छ । 

उप्रमुखमा माओवादीकी कोशिला देवी चार हजार ३५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कै रागनदेवीले तीन हजार ७४० मत मात्रै ल्याउनुभएको छ । ११ वटा वडा रहेको बलरा नगरपालिकामा नेपाली कांग्रेसले छ । माओवादी केन्द्रले तीन, नेकपा एमालेले एक र लोसपाले एक वडामा विजयी प्राप्त गरेका छन् ।