• ७ मंसिर २०८१, शुक्रबार

भेरी अस्पताल अगाडि प्रदर्शन

blog

अस्पताल अगाडि पीडित पक्षले प्रदर्शन गर्दै ।

कमल खत्री

धम्बोझी, कात्तिक १९ गते । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युवाका आफन्तले नेपालगन्जको भेरी अस्पताल अगाडि टायर बालेर विरोध जनाएका छन् । 

नेपालगन्ज बसपार्कस्थित बाइपासरोडमा आइतबार साँझ भे ६ प ८०२ र भे ३ प ७१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जका २६ वर्षीय अमन कसौधन (गुप्ता) को मृत्यु भएको थियो ।

 सोही दुर्घटनामा नेपालगन्जकै एहसान शेष घाइते हुनुभएको थियो । उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका घाइते शेष अस्पतालबाट सम्पर्कविहीन भएपछि मृतकका आफन्त र स्थानीयले तत्काल समात्न माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन् । 

दुर्घटनामा घाइते हुनुभएका शेष उपचारका लागि भेरी अस्पताल जानुभएको थियो । चिकित्सकले सिटी स्क्यान गर्न पठाएका बेला शेष सम्पर्कविहीन भएको बताइएको छ । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शेषलाई खोजेर ल्याउने प्रतिबद्धता गरेपछि टायर बाल्न बन्द गरिएको छ । मृतक पक्षले शेषलाई नल्याउदाँसम्म न्दोलन जारी राख्ने बताउनुभएको छ ।